कृषि मौसम सल्लाह बुलेटिन (वर्ष-१२ अंक २४)

मौसमी सारांशः

  • गत साताभर मनसुनी वायुको साथै पश्चिमी वायुको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई केन्द्रहरूमा १५०.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। साताको अन्त्यतिर बङ्गालको खाडीमा बिकसित गहिरो न्यून चापीय क्षेत्रको प्रभावसँगै देशभर मनसुनी बायुका साथै पश्चिमी वायुको समेत जाशिक प्रभाव रहेको छ। देशभरमा वर्षा मापन भएका केही केन्द्रहरूमा सरदरभन्दा वढी वर्षा मापन भएको छ। विशेषतः कोशी प्रदेशका अधिकांरा केन्द्रहरूमा र गण्डकी प्रदेशका केही केन्द्रहरूमा सरवरभन्दा बढी वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा साप्ताहिक औसत अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुबै सरदरभन्दा बढी मापन भएका छन्।
  • देशभर मनसुनी वायु तया पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहनेछ। साताको मध्यसम्म बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेवको समेत प्रभाव रहनेछ। उक्त प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्वे क्रमशः कमजोर हुँदै जाने सम्भावना छ।
  • हिमाली भू-भागः सबै प्रदेशमा साताको सुरुमा अधिकांश स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको मध्य र अन्त्यमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा केही स्थानमा र अन्त्यमा एक-दुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। साताको सुरुमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपशचिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः सबै प्रदेशमा साताको सुरूमा अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा साताको मध्य र अन्त्यमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा केही स्थानमा र अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको बर्षाको सम्भावना छ। साताको सुरूमा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सबै प्रदेशमा साताको सुरुमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको तया गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। साताको मध्यमा गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • तराई भू-भागः सबै प्रदेशमा साताको सुरूमा अधिकांश स्थानमा र मध्यमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी प्रदेशको थोरै स्थानमा तया मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। सबै प्रदेशमा साताको सुरूमा केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। साताको सुरुमा कोशी र मधेश प्रदेशमा थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको, बागमती प्रदेशमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तया गण्डकी, लुम्बिनी र सुदूरपश्चिम धोरै स्वानमा भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। साताको मध्यमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आगामी साता मध्य र पश्चिमी भू-भागमा औसतभन्दा धेरै वर्षा तथा पूर्वी भू-भागमा औसतको आसपास वर्षा हुने सम्भावना छ।
  • आगामी साता मध्य र पश्चिमी भू-भागमा औसतभन्दा धेरै वर्षा तथा पूर्वी भू-भागमा औसतको आसपास वर्षा हुने सम्भावना छ।
  • अधिकतम र न्यूनतम तापक्रम साताको मध्यबाट बढ्‌ने सम्भावना छ। अधिकतम र न्यूनतम दुबै तापक्रम पूर्वी भू-भागमा औसतभन्दा बढी र पश्चिमी पहाडी तथा हिमाली भू-भागमा औसतभन्दा कम रहने छ भने बाँकी भू-भागमा औसतको आसपास नै रहनेछ।

 

कृषि सारांश

  • भारी वर्षाको समयमा तथा नदी खोलामा बाढी आएको बेलामा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र कृषि कार्य गर्नुहोस्।
  • नदी, खोला छेउमा रहेका संरचनाहरू (कृषि फार्म, संरक्षित संरचना। बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका खाद्यान्न तथा अन्य सामग्रीहरू सुरक्षित स्थानमा लैजानुहोस्।
  • धान पाक्न लागेका खेत, तरकारीबाली, तथा फलफूल बगैंचामा पानी निकासको व्यवस्था गर्नुहोस् ।
  • लगातार वर्षाको समयमा सबै किसिमका बालीनालीमा रासायनिक मल, विषादी वा अन्य पोषक तत्वहरू नदिनुहोस्। वर्षा रोकिएपछि खेतबारीमा रोग, कीराको अवस्था अनुगमन गर्नुहोस् ।
  • घान खेतको गहाको बिभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास गर्नुहोस्।
  • कम्पोष्ट/गोठेमल राखिएको ठाँउमा पानी तर्काइ प्लाष्टिक वा विपालले छोपेर राख्नुहोस्।
  • बाढी पहिरोले बाटो अवरुद्ध हुनसक्ने भएकोले बजार लैजानुपर्ने फत्तफूल एवम् तरकारीवाली मौसम र बाटोको अवस्था बुझेर मात्र टिप्नुहोस् ।
  • हावाहुरीको सम्भावना रहेकोले पसाएको केराको बोट डल्न नदिन आवश्यक टेको दिनुहोस् ।
  • हावाहुरीको कारण उखुबाली उन्न नदिन ४-५ बटा उखुका लॉकालाई एकीकृत गरी डोरीले बाँध्नुहोस्।
  • अलैचीमा प्राकृतिक रङ कायम राख्न र धुवाँको गन्ध आउन नदिन टिपिए‌को अलैंचीलाई १०-१२ प्रतिशत चिस्यान कायम हुनेगरी सुधारिएको भट्टीमा सुकाउनुहोस् ।
  • लगातार वर्षाका कारण मौरी बाहिर निस्कन नसक्ने भएकाले घारभित्र पर्याप्त आहार र पानीको व्यवस्था गर्नुहोस्। घारमा पानी पस्न तया घार वरिपरि पानी जम्न नदिनुहोस।
  • मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहितको भारी वर्षाको समयमा खोलानाला उर्लेर आउने भएकाले पशुहरूलाई चराउन खुला ठाउँमा वा खोला किनारमा नलैजानुहोस् र यस समयमा पशुचौपायाको ओसारपसार समेत नगर्नुहोस्।
  • निरन्तर वर्षा भइरहेको समयमा पशुचौपायालाई चिसो र कलिलो घाँस धेरै खुवाउँदा पेट फुल्ने समस्या भई मृत्युसमेत हुनसक्ने भएकोले घाँस काटेपछि कम्तीमा २-३ घण्टा घाम वा छाँयामा ओइत्ताएर पराल वा सुक्खा घाँससँग मिसाएर मात्र खुवाउनुहोस्।
  • लगातारको वर्षा र हिलोका कारण पशुचौपायाको खुर कुहिने समस्या देखिनसक्ने हुँदा गोठलाई सुख्खा राखी २% को नीलोतुथोको झोलमा दिनमा २ पटकका दरले लगातार ३ दिनसम्म पशुचौपायाको खुर डुबाउनुहोस्।
  • भारी/अति भारी वर्षा हुने स्थानहरूका पोखरीको प्रवेशद्वार र निकाशद्वारमा माछाको साइज अनुसारको जाली लगाइ निरन्तर अनुगमन तथा निरीक्षण गर्नुहोस्।
  • मौसमसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नेपाल मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रवार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस् ।