Body

 

परियोजना निर्देशक समितिको निर्णय अनुसार आ.व. २०७४/०७५ को मिति २०७४/०७/०१ गते देखि लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा कार्यालय स्थापना गरी अलैंची बालीमा र आ.व. २०७५/७६ देखि साविकको मनाङ जिल्लाको जिल्ला कृषि विकास कार्यालयको भवनमा कार्यालय स्थापना गरी स्याउ बालीमा जोन विकास कार्यक्रम संचालन गरिएको छ। हालसम्म २ वटा बाली र वस्तुहरुमा जोन विकास कार्यक्रमहरु परियोजना कार्यान्वयन एकाई लमजुङ (मनाङ) अन्तर्गत संचालनमा रहेका छन् । आ.व. २०७६/७७ सम्म लमजुङ र मनाङ जिल्लामा फरक फरक प्रशासनिक एकाईका रुपमा अलग अलग स्विकृत वार्षिक कार्यक्रम तथा वजेट, जनशक्ति, पूर्वाधार लगायतका संरचनाहरुको व्यवस्था गरि लमजुङ जिल्लामा अलैंची र मनाङ जिल्लामा स्याउ वालीको जोन विकास कार्यक्रम कार्यान्वयन गरिएको थियो। तर आ.व. २०७७/७८ देखि भने उक्त संरचनालाइ परिवर्तन गरि लमजुङ र मनाङ जिल्लालाइ एउटै प्रशासनिक एकाई अन्तर्गत संचालन गर्ने अवधारणा अनुरुप परियोजना कार्यान्वयन एकाई, लमजुङ (मनाङ) का रुपमा विकास गरियो। जोन विकास कार्यक्रमहरु कार्यान्वयनका लागि लमजुङ जिल्लामा प्रशासनिक एकाइ र मनाङ जिल्लामा जोनरप्राविधिक एकाइको व्यवस्था गरि एउटै स्विकृत वार्षिक कार्यक्रम तथा वजेट मार्फत दुवै जिल्लाको जोन विकास कार्यक्रम संचालन गरिएको छ। 

 

जोन/सुपरजोनको कमाण्ड क्षेत्रः
 

क्रस

जोनको नाम

शुरु वर्ष

जिल्ला

कमाण्ड क्षेत्र

 स्थानिय तह

वार्ड न

अलैची जोन

२०७४।७५

लमजुङ

बेशिसहर   न पा

 

4 ,5 र  10

दुध पोखरी गा पा

१ २ ३ ४ र  ६

कोलासोथार गा पा

३ देखी ९

मस्याङ्गदी गा पा

१ देखी ८

दोर्दी गा पा

४ देखी ९

स्याउ जोन

२०७५।७६

मनाङ

चामे गा पा

 

१ देखी ५

निस्याङ्ग गा पा

१ देखी ९

नासो गा पा

१ देखी ९

 

मौरी जोन

२०७८।७९

लमजुङ

 

बेशिसहर  न पा

१, २, ४, ९ र ११

सुन्दरवजार न पा

१, ३, ४, ५, ८, १० र ११

 

तरकारी जोन

२०७८।७९

लमजुङ

 

राईनस न पा

 १ देखी १०

सुन्दरवजार न पा

बेशिसहर न पा

१० र ११

दुध पोखरी गा पा

१, २ ५

दोर्दी  गा  पा

१ २ ४

आलु जोन

२०७८।७९

मनाङ

 

चामे गा पा

 

१ देखी ५

निस्याङ्ग गा पा

१ देखी ९

नासो  गा पा

१ देखी ९